सकियो काँग्रेस बैठक, राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने

सकियो काँग्रेस बैठक, राष्ट्रिय सभामा उम्मेदवार छान्दा अवसर नपाएकालाई प्राथमिकता दिने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिने निणर्य गरेको छ। 

शनिबार राति सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीमा लामो समयसम्म योगदान पुर्‍याएका,तर अवसर नपाएका नेताहरूलाई प्राथमकितामा राखेर उम्मेदवार छनोट गर्ने निणर्य गरेको हो। 

बैठकमा सदस्यहरूले पटक-पटक अवसर पाएका नेताहरूले नै राष्ट्रिय सभामा दाबी गरिरहेको भन्दै यसपटक नयाँ अनुहारलाई अवसर दिनुपर्ने विषय महत्वका साथ उठाएका थिए। 

बैठकले पार्टीमा लामो समयसम्म योगदान गरेर पनि अवसर नपाएका नेताहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने निणर्य गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 

‘उम्मेदवार छनोट गर्दा लामो समयसम्म योगदान गरेका, तर अहिलेसम्म कुनै पनि अवसर नपाएकाहरूलाई प्राथमिकतामा राख्ने भन्ने निणर्य भएको छ। साथै, भूगोल, क्षेत्र र समुदायलाई पनि समेटेर समावेशी रुपमा उम्मेदवार चयन गरिनेछ,’ प्रचार विभागका प्रमुख विश्वकर्माले भने।

बैठकले आगामी माघ ७ देखि २२ गतेसम्म समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने निणर्य गरेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयमा समेत सरकारलाई ध्यानाकर्षण गराउने निणर्य भएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। काँग्रेसले बैठकका निणर्यहरू सार्वजनिक गर्न आइतबार दिउँसो १ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ।

Logo