नेपाली काँग्रेसले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना ब्यक्त गरेको छ।
स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली काँग्रेस र पार्टी सभापति शेरबहादुर देउवाले व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्।
‘तमु जातिको नयाँ वर्षको रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ। यो पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ,’ सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन्,‘यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु।’
सभापति देउवाले तमु ल्होसारले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन्। ‘यो महत्वपूर्ण पर्वका अवसरमा सम्पूर्ण तमु समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः शुभकामना’ देउवाले सन्देशमा भनेका छन्।





























प्रतिक्रिया