गृहमन्त्री श्रेष्ठको राजीनामा माग

गृहमन्त्री श्रेष्ठको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ। सोमबार बसेको समितिको बैठकमा सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। 

उनले भने,‘मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस्। छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो। अब तपाईं राजीनामा दिनुस्, दिनैपर्यो।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिएर कस्ले दिन्छ, भन्दै प्रश्न समेत गरेका छन्। उनले गृहमन्त्री श्रेष्ठले मुलुक चलाउन नसकेको भन्दै असन्तुष्टि किन भयो भन्दै प्रश्न गरेका छन्। 

Logo