काठमाडौं ।
तोकिएको भाडा दर भन्दा बढी भाडा लिएर एयर अरेविया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ ।
अरेवियाले दुवई काठमाडौंको लागि पाँच सय डलर लिएर दुवई काठमाडौं उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाईन्सको भन्दा महंगो भएको भन्दै प्रस्ताव अस्वीकार गरेका हुन् ।
मन्त्री भट्टराईले नेपालीहरुको उद्धारको लागि नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयरलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए ।
नेपाल एयरलाईन्सको दुबई काठमाडौंको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरवियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुवईबाट काठमाडौं लिएर आएको थियो ।





























प्रतिक्रिया