स्पेनिस ला-लिगा फुटबलमा रायो भालकानो विजयी भएको छ। मंगलबार राति ८ खेलाडीमा सिमित भएको गेटाफेमाथि २-० को जित निकालेको हो।
गेटाफको जुआन मिगुएल लतासाले दोस्रो पहेँलो कार्ड (रातो) पाउँदै ४० औँ मिनेटमा मैदान छाडेपछि १० खेलाडीमा झरेको थियो। पहिलो हाफको अतिरिक्त पहिलो मिनेटमा रायो भालकानोले अग्रता लिएको थियो। उसका सर्जियो क्यामेलोले गोल गरेका थिए।
पहिलो हाफमा १ गोल गरेको रायो भालकानोले दोस्रो हाफको सुरुमै गोल थपेको थियो। ४७ औँ मिनेटमा सर्जियो क्यामेलोले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
५० औँ मिनेटमा गेटाफेका मेसन ग्रीनवुड रातो कार्ड पाउँदै मैदान छाडेका थिए। ग्रीन वुड बाहिरिए पछि ९ खेलाडी समेटिएको गेटाफेले ७० औँ मिनेटमा अर्का खेलाडी पनि गुमाउन पुग्यो।
डेमियन सुआरेज रातो कार्ड पाउँदै मैदान छोड्दा बाँकी समय ८ खेलाडीले खेलेको थियो। तर, त्यसको फाइदा रायो भालकानोले लिन सकेन। जितपछि रायो भालकानो २३ अंकका साथ ११ औँ स्थानमा छ भने पराजित भएको गेटाफे २६ अंकका साथ तालिकाको आठौं स्थानमा छ।





























प्रतिक्रिया