बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

आज  ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ। यस दिन बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 

बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ। सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

यसैगरी, शिवम् सिमेन्ट्सले गत वर्षको नाफाबाट प्रतिशत १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ। सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ। 

साथै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ। सभा बेस्ट रिर्सोट नेपाल लेकसाइड, पोखरामा बिहान ९ बजेदेखि सुरु हुनेछ।

यी ३ वटै कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन्। तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्।

Skip This
Skip This
Logo