उद्योग परिसंघद्वारा उच्चस्तरिय समितिलाई सुझाव पेश

उद्योग परिसंघद्वारा उच्चस्तरिय समितिलाई सुझाव पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सहितको प्रतिनिधी मण्डलले उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सुझाव पेश गरेको छ ।

परिसंघले कोरोनाका कारण खस्किएको आर्थिक क्षेत्र चलायमान बनाई लगानी आकर्षित गर्न विद्यमान कानुनमा भएका व्यवस्थाहरुलाई सुधार गरि लगानीको वातावरण बनाउन सुझाव दिएको छ । परिसंघले कोरोनाका कारण सृजना भएको लगातारको लकडाउनका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाही भइरहेको र आर्थिक गतिविधि समेत प्रभावित भईरहेकाले मुलुकले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परिरहेको जनाएको छ । यस्तो विषम परिस्थितिमा सरकारको तर्फबाट रोजगारीका क्षेत्र पहिचान र विस्तार गरी ठूलो मात्रामा रोजगारी सृजना गर्नु पर्ने आवश्यकता भएको परिसंघले जनाएको छ ।

त्यसैगरी, औद्योगिक वातावरण सृजना गर्नका लागि उद्योग दर्ता प्रकृयामा विद्यमान अवस्थामा रहेको झण्झटिलो प्रकृया हटाई उद्योग विभागबाट तीन दिन भित्रमा स्वीकृतिको प्रकृयाका लागि सुझाव दिएको छ । त्यस्तै, लगानी बोर्डबाट गरिनु पर्ने सम्पूर्ण निर्णय १५ दिन भित्रमा गसिक्नु पर्ने सुझाव परिसंघले दिएको छ ।

त्यस्तै, विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई समेत पूँजी बजारमा लगानी गर्ने वातावरण तयार गरी तरलता व्यवस्थापनमा सहजता ल्याउन परिसंघको सुझाव रहेको छ । स्वदेशी उद्योगी व्यवसायीहरुलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने नीति अवलम्बन गर्दै ग्लोवल टेण्डरको न्युनतम सीमा १ अर्ब रुपैँयाँ रहेकोमा त्यसलाई बढाएर ३ अर्ब रुपैँयाँ पु¥याउनु पर्ने परिसंघको माग छ । त्यसैगरी आन्तरिक पूँजीलाई प्रोत्साहन गर्न कम्तिमा पाँच वर्षमा महिला तथा वालवालिकाको नाममा बैंकमा जम्मा हुने १५ लाख सम्मको निक्षेप सहज माध्यमबाट बैंकसम्म ल्याउने व्यवस्था मिलाउनु पर्ने परिसंघले जनाएको छ ।

Logo