प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन

केन्द्रबिन्दु
0
Shares

जाजरकोट भूकम्प प्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु. २८ करोड रकम सङ्कलन भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु. २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ। उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए। 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो। उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन्। भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणको क्रम जारी छ। 

Skip This
Skip This
Logo