पशुपतिको दर्शन गरेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर [भिडियाेसहित]

पशुपतिको दर्शन गरेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरेका हुन्। 

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए। यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो। 

शुक्रबार स्वदेश फर्किनुअघि उनले बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए।  

Logo