एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा पुस्तकालय भवन निर्माण

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकले  मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हाे।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका सातै वटा प्रदेशमा विभिन्न विद्यालयहरु छनौट गरी पुस्तकालय भवन निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा सुदूरपश्चिम प्रदेशमा यस बैंकले विद्यालय र गाउँपालिका कार्यालयसँगको सहकार्यमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न गरेको हो। यस नवनिर्मित पुस्तकालय भवनबाट विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

उक्त पुस्तकालय भवन जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरी, विद्यालयका प्रधानाध्यापक देबेन्द्र प्रसाद शाह, बैंकका प्रादेशिक प्रमुख सुवास जोशी तथा जोशीपुर शाखा प्रबन्धक उजिर सिंह भण्डारीलगायत स्थानीय निकाय एवं विद्यालयका पदाधीकारीहरुको उपस्थितिमा समुद्घाटन भएकाे  हाे।

यस भवन निर्माण पश्चात् विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरी त्यहाँबाट विद्यार्थीलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा सहज पहुँच भई विद्यार्थीहरुको शैक्षिक प्रदर्शन एवं व्यक्तित्व विकासमा ठोस टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

Skip This
Skip This
Logo