बोलोग्ना र जेनोवाले खेलेएक–एक गोलको बराबरी

बोलोग्ना र जेनोवाले खेलेएक–एक गोलको बराबरी

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन्।

शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।  बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए।

जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो। यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ।

Logo