थ्यान्क्यु सिनेमाकाे व्यानरमा चलचित्र निर्माण हुने

थ्यान्क्यु सिनेमाकाे व्यानरमा चलचित्र निर्माण हुने

केन्द्रबिन्दु
72
Shares

थ्यान्क्यु सिनेमाकाे ब्यानरमा चलचित्र निर्माण हुने भएकाे छ । 

चलचित्रकाे नाम सार्वजनिक नभएपनि अहिले स्क्रिप्ट लेखनकाे कार्य धमाधम भइरहेकाे छ । चलचित्रमा विशेषगरी रंगमञ्चमा काम गरेका कलाकारहरूलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएकाे छ । यसअघि एकमात्र कलाकार राखेर `अन्तिमपाना´ चलचित्र निर्माण गरेका दिवाज राई किराँतीले नै चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रकाे स्कृप्ट लेखन अभिनेता जीवन थापा 'क्षितिज'ले गरिरहेका छन् । अहिलेसम्म ५० प्रतिशत स्क्रिप्ट लेखनकाे कार्य सकिएकाे थापाले जानकारी दिए । 

थापा विगत एक दशकदेखि रंगमञ्चसँगै चलचित्र लेखन निर्देशनमा सक्रिय छन् । 

चलचित्रकाे छायांकन आगामी भदाैदेखि सुरू हुने निर्माता राईले जानकारी दिए । यसकाे छायांकन नेपालका विभिन्न स्थान तथा विदेशमा पनि हुनेछ । करिव तीन कराेडकाे लगानीमा फिल्म निर्माण हुनेछ । अहिले कलाकार र निर्देशककाे भने टुङ्गाे लागिसकेकाे छैन ।

Logo