तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० पौष २२ देखि पौष २८ सम्मको राशिफल ।।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस। हामिले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ । यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नुभयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। 

हेर्नुहाेस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल

मेष राशि
मेष राशि हुनेहरुका लागि यो साता उर्जावान् समय रहेकाले आफ्नो लक्ष्य अनुसार काम गर्नुहोला । करियरसम्बन्धी तनावका कारण तपाईंलाई केही मानसिक तनाब हुने छ। मनलाई शान्त पार्न, साथीहरू र परिवारसँग केही समय बिताउनुहोला। यो साता कुनै कारणले पैसा वा पर्स हराउन सक्छ । यस्तो प्रतिकूल अवस्थाबाट बच्न तपाईंले सावधानी अपनाउनुपर्ने छ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित १०८ चाेटी जप गर्दा राम्राे हुनेछ।

वृष राशि 
बृष राशि हुनेहरुले यो साता अलिकति आराम गर्नुहोला । कुनै पनि लगानी गर्नुअघि व्यक्तिलाई राम्ररी अनुसन्धान गर्नु तपाईंको लागि उत्तम हुनेछ। तपाईं भावनात्मक रूपमा संलग्न भएको एक विशेष व्यक्तिले धोका दिन सक्छ सतर्क रहनुहोला।    व्यक्तिगत जीवनमा अरुसँग चलिरहेको विवादले तपाईंलाई सताइरहने छ, यसकारण  तपाईंले कार्यस्थलमा पनि तनाव रहनु हुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि गायत्री मन्त्रकाे १०८ पटक नियमित जप गर्दा फाइदा हुनेछ।

मिथुन राशि 
मिथुन राशि हुनेहरुका लागि यो साता अवसरहरु धेरै प्राप्त हुनेछन्। यो साता बाहान किन्ने योजना भए घर परिवारकाे सल्लाहमा किन्न सकिनेछ । भाग्य बलियो रहने छ।  तपाईंले केही चुनौती र अवरोधहरूको सामना गर्न सक्षम हुनुहुनेछ र आफ्नो करियरमा सफलता प्राप्त गर्नुहुनेछ। बिद्यार्थीको लागि विदेशी विश्वविद्यालयमा भर्ना हुन खोज्दै हुनुहुन्छ भने यो साता पर्खनुपर्नेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेबाय नमको नियमित जप गर्दा राम्राे हुनेछ।  

कर्कट राशि 
कर्कट राशि हुनेहरुले यो साता भावनात्मक नहुनुहोला । मन भन्दा दिमागले काम गर्दा फाइदा हुनेछ। सधैंको रुटिन लाइफबाट परिवर्तन ल्याउनुहोला। जसका कारण तपाईंले लाभ प्राप्त गर्नुहुनेछ र आर्थिक स्थितिमा पनि फाइदा हुनेछ। पहिला हराएको बस्तुहरु भेटिने योग रहेकाे छ। घरको वातावरण राम्रो रहनेछ र घरका सदस्यहरूसँग हाँस्ने र ठट्टा गर्ने अवसर पनि मिल्नेछ। यस समयमा परिवारलाई समय दिएर आमा बुवाको ख्याल राख्नुहाेला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन ॐ नम शिबाय मन्त्रको जप गर्दा फाइदा हुनेछ।

सिंह राशि 
सिंह राशि हुनेहरुले यो साता कसैलाइ प्रतिबद्धता गर्नुभन्दा अगाडि धेरै कुरामा ध्यान दिनुहाेला। हतारमा कुनै कुरा नबोल्नुहोला त्यसले भविष्यमा नकारात्मक उर्जा प्रदान गर्नेछ । आफ्नो लागि पर्याप्त समय निकालेर मात्र काम गर्नुहोला, जसले तपाईंलाई फाइदा पनि गर्नेछ । पहिले गरेको लगानीबाट राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्ने सम्भावना छ । नयाँ सवारीसाधन किन्ने योग रहेपनि  घरपरिवारमा  छलफल गर्दा राम्राे हाेला। यो साता तपाईंका सामू यस्ता धेरै नयाँ परिस्थितिहरू खडा हुनेछन् जसलाई तपाईंले बुद्दिमानीपूर्बक निर्णय लिनुपर्नेछ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन  हनुमान चालिसाकाे पाठ गरेर शनिबार शनिकाे पाठ गर्दा बर्षभरीलाइ फाइदा हुनेछ। 

कन्या राशि 
कन्या राशि हुनेहरुले यो साता कामको साथसाथै आफ्नो स्वास्थ्य सुधार गर्न केही समय निकाल्नुहाेला । आफ्नो अन्तरमनको सुनेर काम गर्नुहोला। कुनैपनि सामान किनबेच गर्न १०० चोटी सोचेर ऋण लिनबाट बच्नुहोला। यसका साथै यो साताको मध्य भागमा तपाईंको कामको बोझ बढ्न सक्छ दिमागले सोचेर अन्तरआत्माले भने अनुसार बोझ नमानी कार्य गर्नुहोला। यो हप्ता तपाईंको आम्दानी बढ्नेछ, जसका कारण  भविष्यको लागि आफ्नो पैसा बचत गर्ने योजना पनि बनाउन सक्नुहुनेछ।  

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्दा राम्राे हुनेछ।

तुला राशि 
तुला राशि हुनेहरुले यो साता आफ्नो बिचार तथा नयाँ अवसरहरुको फाइदा उठाउन तयार रहनुहाेला । आफ्नाहरुसँग सम्बन्ध मजबुत बनाउन कुनै कसर नछोड्नुस नत्र यो साता तपाईं थप भावुक मुडमा रहनुहुनेछ । यस्तो अवस्थामा यदि तपाईं आफूलाई तनावमुक्त राख्न चाहनुहुन्छ भने दिमागबाट विगतलाई हटाएर नयाँ सुरुवात गर्ने प्रयास गर्दा राम्रो हुनेछ । आफ्नो रचनात्मक प्रतिभालाई सही तरिकाले प्रयोग गर्नुभयो भने, यो धेरै लाभदायक साबित हुनेछ । श्रीमतीसँग कतै बाहिर घुम्न जाने समय रहेकाे छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सूर्याय नमको दैनिक १०८ चाेटी जप गरेर बिहान घाममा नुहाउँदा राम्राे हुनेछ।

वृश्चिक राशि   
वृश्चिक राशि हुनेहरुले यो साता आफ्नो मनको नसुनेर परिवारकाे सुनेर जीवन अनुशासनमा चलाउने प्रयास गर्नुहाेला । शुरुवात तपाईंको लागि उर्जाले भरिपूर्ण हुने छैन, र तपाईंलाई सानो सानो कुरामा पनि रिस उठन सक्छ। तपाईंले आफ्नो धनसञ्चारमा अलिकति लापरवाही गरेको पाइएको छ। जसको नकारात्मक प्रभावले तपाईको जीवनमा आर्थिक संकट निम्त्याउन सक्छ। बचतको लागि  घरपरिवारको कुरा सुन्नुस आफनै कुरा ठिक हो भनि आर्थिक खर्च नगर्नुहोला। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ हनुमते नमको नियमित जप गर्दा फाइदा हुनेछ।

धनु राशि 
धनु राशि हुनेहरुका लागि यो साता आशावादी रहेर आउने समस्या र चुनौतीहरुलाई दीर्घकालिन रुपमा समाधान गर्ने प्रयास गर्नुहाेला। काममा  इमान्दार तथा पारदर्शी रहनुहाेला। समय-समयमा तपाईंले पुरानो रोगबाट राहत पाउन सक्नुहुन्छ। यो साता तपाईंको प्रतिकूल आर्थिक स्थितिमा सुधार आउने छ।  यस अवधिमा तपाईंले पुराना इक्ष्याहरु पुरा गर्न खर्च हुन सक्छ। यस्तो अवस्थामा पैसाप्रति अलिकति लापरवाही पनि तपाईंका लागि हानिकारक साबित हुन सक्छ भविष्य सोचेर खर्च गर्नुहोला। यो साता परिवारसँग समय बिताउने मौका मिल्नेछ।  

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिबायको नियमित जप गर्दा राम्राे हुनेछ।

मकर राशि 
मकर राशि हुनेहरुका लागि यो साता आफ्नो क्षमतामा विश्वास राख्नुहाेला। कसैको नराम्राे कुरा नगर्नुस आफ्नो काममा मात्र ध्यान दिँदा राम्राे हुनेछ। यो साता धनसँग सम्बन्धित कुनै पनि जोखिम नलिनुहोला। यस अवधिमा धेरै ठाउँबाट अचानक धन प्राप्त हुने सम्भावना छ। दुर्घटनाको योग रहेकाले अत्यावश्यक नभएमा सवारी नचलाउनुहाेला।   

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित एक पाठ गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन दान गर्दा राम्राे हुनेछ।

कुम्भ राशि 
कुम्भ राशि हुनेहरुका लागि यो साता कामहरुमा बाधा आउन सक्छ, साहसले काम गर्नुहाेला । यो साता पहिला भन्द आर्थिक स्थितिमा सुधार आउनेछ। जसका कारण तपाईंको परिवारका सदस्यहरु पनि तपाईंसँग खुसी हुनेछन् र तपाईंलाई अझ राम्रो गर्न प्रोत्साहन मिल्नेछ । उदारताको फाइदा अरुले उठाइरहेका छ्न् जस्को कारण तपाईंले कष्ट उठाउने पर्ने हुन्छ सावधान रहनुहाेला । दिल र दिमाग शान्त राख्नुहाेला।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाकाे नियमित जप गर्दा फाइदा हुनेछ।

मिन राशि 
मिन राशि हुनेहरुले यो साता अल्छी नगरेर आफ्नो काममा फोकस हुनुहाेला । आफ्नो ज्ञानको उपयोग गर्दा राम्राे हुनेछ। यो साता ब्यापार व्यवसायहरुलाई राम्रो प्रतिफल मिल्नेछ। व्यवसाय गर्नेहरू ठूलो सम्झौताको सफलताबाट राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्षम हुनेछन् । पैसा कमाए पनि बचत नहुने सम्भावना भएकाले खर्चमा ध्यान दिनुहोला। नयाँ सम्बन्ध बन्ने छ प्रेम हुन सक्छ, जीवनसाथी खोजी गर्ने हरुले नयाँ जीवनसाथी पाउनेछन् ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ श्री दुर्गाय नम मन्त्रको दैनिक १०८ चाेटी जप गर्दा राम्राे हुनेछ ।

Logo