टी-२० विश्वकपमा नेपालकाे समूहमा दक्षिण अफ्रिका पनि, यस्ताे छ खेल तालिका

टी-२० विश्वकपमा नेपालकाे समूहमा दक्षिण अफ्रिका पनि, यस्ताे छ खेल तालिका

केन्द्रबिन्दु
0
Shares

आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपको ड्र सार्वजनिक भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको  ड्र अनुसार नेपाल समूह डी मा परेको छ । जुन समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।  

समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् । 

अन्य सबै समूहमा दुई ठूला टेस्ट टिम छन् । समूह ए मा भारत र पाकिस्तान छन् । समूह बी मा ठूला टेस्ट टिमको रुपमा इंग्ल्यान्ड र अष्ट्रेलिया छन् । समूह सी मा ठूला टेस्ट टिममा न्युजिल्यान्ड र वेस्टइन्डिज छन् । तर नेपालको समूहमा बिग टिमको रुपमा दक्षिण अफ्रिका मात्रै छ ।

नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलिसकेको छ भने दक्षिण अफ्रिका र श्रीलंका विरुद्ध पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपाल २०१४ को टि२० विश्वकपमा भने बंगलादेशसँग नेटरनरेटमा पछि पर्दै पहिलो चरणबाटै बाहिरिएको थियो । त्यो विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो । बंगलादेशसँग हार्न पुगेको थियो ।

नेपालले दुई खेल अमेरिका र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा टेक्सासमा खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपालले दक्षिण अफ्रिकासँग जुन १४ मा र बंगलादेशसँग जुन १६ मा बंगलादेशसँग खेल्नेछ । दुवै खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।

Skip This
Skip This
Logo