नेपाल स्काउटको निर्वाचनअन्तर्गत स्थानीय पालिका परिषद् निर्वाचनको उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ ।
आइतबार भएको मनोनयन दर्तामा देशभरबाट स्थानीय परिषद् सदस्यका लागि एक हजार ६१३ जनाले उम्मेदवारी दिएको जानकारी केन्द्रीय निर्वाचन समितिका संयोजक मुकुन्द अधिकारीले बताए ।
वि.स. २०६८ पछि निर्वाचन गर्ने प्रयोजनका लागि बनेका ४ वटा तदर्थ समितिहरुले स्काउटको निर्वाचन गराउन सकेका थिएनन् । करिब १२ बर्ष पछि हुन लागिरहेको नेपाल स्काउटको स्थानिय, प्रदेश र केन्द्रीय परिषद्को निर्वाचनमा उत्साहजनक सहभागीता देखिएको छ । स्काउटले पूर्वनिर्धारित निर्वाचन तालिकाअनुसार आइतबार स्थानीय परिषद् सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराएको हो ।
आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको निर्वाचन आगामी पौष २७ देखि २९ मा हुनेछ भने प्रदेश र केन्द्रीय परिषद्को निर्वाचन काठमाडौंमा हुने स्काउटले जनाएको छ ।





























प्रतिक्रिया