वासिङ्टन ।
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वभर ७९ लाख ८४ हजार ४३२ व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३५ हजार १७७ मृत्यु भएको छ ।
निको हुनेहरुको संख्या ४१ लाख ४ हजार ३७३ पुगेको छ । हाल उपचार गराई रहेका विरामीहरुको संख्या ३४ लाख ४४ हजार ८८२ जना रहेका छन् ।
विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।
नेपालमा भने संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । १९ जनाको मृत्यु भएको छ भने ९७४ जना निको भएका छन् ।





























प्रतिक्रिया