आगामी माघ १४ देखि १८ गतेसम्म चितवनमा सूचना प्रविधि कार्यशाला (एनपीनोग नाइन) हुने भएको छ ।
इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले रुपमा सञ्चालन गर्ने पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिनेछन् ।
कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन हुने बताइएको छ। इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न कार्यशाला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
कार्यशालामा ४५ जना सहभागी हुने बताइएको छ। यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ जना सहभागी छनोट गरिने छ। त्यस्तै एनपीआईएक्स, इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान), नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) का सदस्यहरूलाई रजिस्ट्रेसनमा १५ प्रतिशत छुट दिइएको छ भने विद्यार्थी र महिला सहभागीलाई ३० प्रतिशत छुट दिइएको छ। इच्छुक व्यक्तिले अनलाइन रजिस्ट्रेसन गर्न सक्नेछन् ।
https://npnog.org.np/npnog9/registration/































प्रतिक्रिया