सिबिफिनका अध्यक्ष गोल्यानले दिए पदबाट राजीनामा

सिबिफिनका अध्यक्ष गोल्यानले दिए पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् ।

संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै अध्यक्ष गोल्यानले पदीय आचरण र नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा पौष २५ बसेको सिबिफिन कार्यसमितिको १५औँ बैठकले स्वीकृत समेत गरेको छ ।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाईमा वि।सं २०७६ सालमा सिबिफिन स्थापना भएको थियो । नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आएका गोल्यानको नेपालको बैंकिङ क्षेत्रको विकास एवं विस्तारमा अतुलनीय योगदान रहेको सिबिफिनले जनाएको छ ।

अब रिक्त रहेको अध्यक्ष पदमा नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेल चयन भएका छन् । पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन् ।  

Skip This
Skip This
Logo