उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह

उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहीबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग यस्तो आग्रह गरेको हो । 

महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको ब्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएकोले आयातको सिमालाई खुल्ला गर्नुपर्ने खाँचो औंल्याए । हाल एक पटकमा ६० हजार डलर सम्मको सिमामा रहेर चाँदी आायत गर्न पाउने ब्यवसस्था रहेको छ । 

उनका अनुसार महासंघको प्रतिनिधीमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्दिय बैंकको ध्यानाकर्षण गराएको हो ।  

ब्यवसायीको आग्रहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताए । त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो । 

Skip This
Skip This
Logo