बिहीबार नेपाली पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को सफल आरोहण गरेका छन् । तामाङले यो हिमाल १ सय ४४औं पटक सफल आरोहण गरेका हुन् ।
उनले बिहीबार रुसी समयअनुसार बिहान ९ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेको जानकारी दिएका छन् । २०२४ को जाडो याममा माउन्ट एल्ब्रसमा उनले पहिलो पाइला टेकेका हुन् ।
लामो समयदेखि रुसमा रहेर माउन्ट एल्ब्रसमा गाइडको काम गर्दै आएका उनले २००२ देखि एल्ब्रस चढ्न थालेका हुन् । तामाङले दुई सयपटक माउन्ट एल्ब्रस चढ्ने लक्ष्य लिएका छन् । उनले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा, चो ओयु, मनास्लु, अमादब्लम, बरुन्ट्से, आइसल्यान्ड पिक, मेरा पिक लगायत हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।





























प्रतिक्रिया