पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक छः सभापति देउवा

पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिक छः सभापति देउवा

केन्द्रबिन्दु
0
Shares

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै गर्दा काँग्रेसका सभापति देउवाले शुभकामना व्यक्त  गरेका हुन्।

‘आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उहाँको ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ,’ देउवाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘यो अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै त्यो कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु।’
 
उनले अगाडी भनेका छन्,‘तत्कालीन समयमा छरिएर रहेका स-साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्।’

सभापति देउवाले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्दै यस अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।

Skip This
Skip This
Logo