केएमसीमा कोषका सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधाको स्वास्थ्य सेवा लिन पाउने

केएमसीमा कोषका सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधाको स्वास्थ्य सेवा लिन पाउने

केन्द्रबिन्दु
0
Shares

कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन पाउने भएका छन्।

सञ्चयकर्तालाई कोषले सामाजिक सुरक्षा सुविधा अनुसार साधारण तथा घातक रोगको उपचार गर्न काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो।

केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले केएमसीमा सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताए। कोषले जनाए अनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ।

कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ। छनौट गरिएका अस्पतालहरुमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण र स्वास्थ्य सेवा भित्र्याएको काठमाडौं मेडिकल कलेज समेत परेको हो। 

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष रु १ लाख तथा घातक रोगको हकमा सेवा अवधिभर रु १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागूहुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ। 

कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागू हुनेगरी पति/पत्नीलाई समेत समावेश गरेको छ ।

सूची अनुसार कोषको स्वास्थ्य उपचार योजना अन्तरगतको सेवा पाउने अस्पतालहरुमा केएमसीसँगै बागमती प्रदेशमा ६० वटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेज सहित १६ वटा, मधेश प्रदेशमा नेशनल मेडिकल कलेज सहित ९ वटा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित १५ वटा, लुम्विनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित ८ वटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल सहित ३ वटा रहेका छन्।  

Skip This
Skip This
Logo