नेपाली राजनीतिको चर्चाको शिखरमा रहेका सांसद डा. सुनिल शर्मा यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद शर्मा कोशी प्रदेशको राजनीतिक भेटघाटमा सक्रिय बनेका हुन् ।
काँग्रेसभित्र पछिल्लो समय पुस्ता हस्तान्तरणको विषय उठाउँदै आएका शर्माको धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलामका जिल्लाहरुमा राजनीतिक भेटघाट बाक्लिएको छ । उक्त राजनीतिक भेटघाटमा उनलाई जिल्ला सभापतिहरुले पनि साथ दिइरहेका छन् । उनको राजनीतिक दौडको विषयलाई धेरैले विभिन्न खालका टिकाटिप्पणीहरु गरिरहेका छन् । उनको यात्रालाई कसैले कोशी प्रदेशको सभापतिमा उठ्ने आंकलन त कसैले राजनीतिक स्टन्ट पनि भनेका छन् । तर, उनले यसअघि नै आफू कोशी प्रदेशको सभापतिमा नउठ्ने बताइसकेका छन् । उनी कोशी प्रदेश मात्र होइन सातै प्रदेशको राजनीतिक यात्रामा निस्किएका हुन् । उनको यात्राको मूल उदेश्य हो, पार्टी सुदृढीकरण ।
पार्टीमा युवा शक्तिलाई अगाडि बढ्न दिनुपर्ने र उमेर ढल्किसकेका नेतृत्वलाई विश्राम दिनुपर्ने सांसद शर्माको माग छ ।

काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडका साथ हुन थालेको छ । एकथरीले शेरबहादुर देउवाको विकल्पका रूपमा मात्रै यो प्रश्न उठाएका छन् भने अर्काथरीले पुस्तान्तरणको प्रश्न उठाउन थालेका छन् । जसमा सांसद शर्मा पनि एक उदाहरण हुन् । उनले नेतृत्वको कमजोरीमाथि खरो रुपमा उत्रिएर दबाब दिइरहेका छन् । पार्टीमा युवा शक्तिलाई अगाडि बढ्न दिनुपर्ने र उमेर ढल्किसकेका नेतृत्वलाई विश्राम दिनुपर्ने उनको माग छ । युवा शक्ति एक हुँदा पार्टी मात्र होइन, देश नै अगाडि बढ्न सक्ने उनको विश्वास छ ।
भ्रष्टाचारविरुद्ध संसदमा शर्मालाई 'वान म्यान आर्मी' भन्दा फरक पर्दैन थियो । त्यसो त उनको आवाज बन्द गर्न राज्य संयन्त्र नै परिचालित नभएकाे पनि हाेइन ।
पार्टीभन्दा माथि उठेर आवाज बुलन्द गर्दै आएका सांसद शर्मा मोरङ क्षेत्र नं ३ बाट निर्वाचित भएदेखि नै जनताको पक्षमा काम गर्दै आएका छन् । पछिल्लोसमय दलहरु सत्ताकेन्द्रित भएर नेपालको राजनीतिप्रति वितृष्णा बढिरहँदा सांसद शर्मा भने आफू निर्वाचित क्षेत्रमा जनताको ‘हाई हाई’ छन् । उनी आफ्नो निर्वाचन क्षेत्र फर्कँदा पार्टीका नेता र कार्यकर्ताको लामबद्ध होइन, जनताका गुनासोको औषधी लिएर जान्छन् । पार्टीका नेता र कार्यकर्ताको भेटमा अल्झिएर नबस्ने हक्की स्वभावका उनी जनताका घरघरमा पुग्छन् र गुनासो टिपोट गर्छन् । साथै त्यसको तत्काल समाधान पनि गर्ने क्षमता राख्छन् ।

पछिल्लोसमय दलहरु सत्ताकेन्द्रित भएर नेपालको राजनीतिप्रति वितृष्णा बढिरहँदा सांसद शर्मा भने आफू निर्वाचित क्षेत्रमा जनताको ‘हाई हाई’ छन् ।
विराटनगरस्थित नोबेल अस्पतालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् भने खाने बस्ने सुविधासहितका निःशुल्क ३० बेडको ब्यवस्था तथा काठमाडौँस्थित सिनामंगलमा रहेको काठमाडौँ मेडिकल कलेजमासमेत आफ्नो क्षेत्रका मतदाताका लागि निःशुल्क उपचारको ब्यवस्थासहित १५ शैय्याको कक्ष उपलब्ध गराइदिएका छन् । यो त उनको चुनावी प्रतिबदता नै थियो, जुन पूरा गरे ।
नेपाली राजनीतिमा प्रभाव बढाउँदै गएका शर्माले संसद भवन प्रवेश गरेपछि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । भ्रष्टाचारविरुद्ध संसदमा उनलाई वान म्यान आर्मी भन्दा फरक पर्दैन थियो । त्यसो त उनको आवाज बन्द गर्न राज्य संयन्त्र नै परिचालित भएको थियो । तर, के गर्नु, जसको साथमा जनता छन् उसैको जित हुन्छ । उनको आवाज रोकिएन । अझै खारिएर बुलन्द बन्दै गएको छ ।































प्रतिक्रिया