काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका संचालक एवं नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको विशेष पहलमा भोजपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
हतुवागडी गाउँपालिकाको सगरमाथा माध्यमिक विद्यालय र आमचोक गाउँपालिकाको चन्डेश्वर माध्यमिक विद्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरमा २ हजार ४१८ जना बिरामीको उपचार गरिएको थियो।
साे क्रममा जेनेरल मेडिसिन ३५३, छाला रोग १२५, दाँत रोग, सर्जरी ११८, स्त्री तथा प्रसुती रोग १८५, हाड जोर्नी ३२५, आँखा जाँच ३१०, नाक कान घाँटी रोग १५०, मुटुको जाँच (इ .सि. जि.) १२६, भिडियो एक्स-रे २७५, प्रयोगशाला (रगत पिसाब परिक्षण)मा ३६१ जनाले सेवा लिएका छन् । जसमा १६८ जनालाई अप्रेसनको लागि अस्पताल रिफर गरिएकाे छ ।
केएमसी र नाेबेलले हाल संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँ/गाउँमा पुगेर नागरिकलाई सहुलियतमा सेवा दिइरहेका छन् । यी दुवै अस्पताल हालै सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित पनि भएको थिए ।





























प्रतिक्रिया