केएमसीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले अब सहजै स्वास्थ्य सेवा लिन सक्ने

केएमसीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले अब सहजै स्वास्थ्य सेवा लिन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)मा कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले स्वास्थ्य सेवा लिन पाउने भएका छन् ।

कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरुको छनौट गरेको छ, जसमा साधारण तथा घातक रोगको उपचार गर्न केएमसीलाई पनि समावेश गरेको हो । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण र स्वास्थ्य सेवा भित्र्याएको केएमसीमा अब कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरुले कागजात लिएर गए त्यहाँ उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिने केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । 

अहिलेसम्म सामाजिक सुरक्षा कोषले मात्रै दम्पतीको उपचार खर्च बेहोर्दै आइरहेको थियो। यही वर्षको फागुन महिनादेखि भने सञ्चय कोषले समेत दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो। 

कोषमा आबद्ध भएका सञ्चयकर्ताको उपचारका लागि एक सय २० अस्पताल तोकिएको छ । तोकिएका अस्पतालमा सबैभन्दा बढी बागमती प्रदेशमा ६० र कम कर्णाली प्रदेशमा दुई वटा अस्पताल रहेका छन् । कोशी प्रदेशमा १५, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा तीन वटा अस्पताल उपचारका लागि तोकिएको छ । सञ्चय कोषले सञ्चयकर्तालाई सामान्य रोग लागेमा १ लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ। यस्तै, घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपलब्ध गराउँदै आइरहेको छ। 

Skip This
Skip This
Logo