विदेशी मुद्राको सटही विवाद आपसी छलफलबाटै टुंग्याउन क्यान महासंघकाे जाेड

विदेशी मुद्राको सटही विवाद आपसी छलफलबाटै टुंग्याउन क्यान महासंघकाे जाेड

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एसोसिएसन नेपाल महासंघले विदेशी मुद्राको सटही रोकिदिँदा इन्टरनेट सेवा उद्योग जटिल अवस्थामा पुगेकोमा सरकारको ध्यानाकर्षण गराएको छ । 

क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बध व्यवसायी मारमा परेकोमा ध्यानाकर्षण गराएका हुन् ।  

नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका  जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै भएको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुनेछ ।’ 

साे क्रममा क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारले भने, "सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी सरकारलेनै निकासमा दिनुपर्छ ।" 

साथै क्यान महासंघका महासचिव चिरन्जिबी अधिकारीले भने, "नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन सक्दैन ।" व्यवसायीलाई खुलेर तथा जिम्मेवार भएर काम गर्ने वातारवरण बनाइदिन उनीहरुकाे माग छ । 

Logo