बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा पाँचको मृत्यु

बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा पाँचको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा पाँच यात्रुको मृत्यु भएको छ ।

भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मृत्यु हुनेहरुमा ६० वर्षे कुसुम बस्नेत, ३९ वर्षे सौरभ विष्ट, ६५ वर्षे तारानाथ पाण्डे, ३१ वर्षे भारतीय नागरिक मुने छन् । मृतक एक पुरुषको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार मृतकको ठेगाना खुल्न बाँकी छ । घाइते २७ जनालाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको उनले जानकारी दिए। दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

Logo