राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतल निवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा रोक
राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको छ । कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको हो ।
राष्ट्र निर्माता राजावादीको मात्रै पेवा हाेइन: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल भनेर गौरव गर्न सक्ने बनाउने राष्ट्र निर्माता राजावादीको मात्रै पेवा नभएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा पुगेका सभापति लामिछानेले बाइसे–चौबिसे राज्यहरुको अवस्था र इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी आज नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्मातालाई राजावादीले हाम्रो मात्रै पेवा नठानी, गणतन्त्रवादीले हाम्रो होइन नभनि सबैको साझा बनाएर राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् । राष्ट्र निर्माताप्रतिको सम्मानमा कन्जुस्याँई नगर्न पनि उनको भनाई छ ।
केपी ओली माथी माधवकुमार नेपालकाे आरोप पार्टी सिध्याउन षड्यन्त्र गरिरहेका छन्
एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने बताएका हुन ।
राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताए
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ ।
आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने सरकारकाे लक्ष्य
सरकारले आगामी ५ वर्षभित्र झण्डै १२ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न लक्ष्य राख्दै आवधिक योजना तयार पारेको छ । राष्ट्रिय योजना आयोगले बनाएको १६ औं पञ्चवर्षीय योजनाको मस्यौदा अनुसार आर्थिक वर्ष (आव) २०८५/८६ सम्म ११ हजार ७६९ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०७९/८० सम्म नेपालमा २८ सय ७७ मेगावाट हाराहारी मात्र विद्युत् उत्पादन क्षमता रहेको छ । अघिल्लो आवसम्म ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ । यसलाई शतप्रतिशत पु¥याउने समेत १६ औं योजनाको लक्ष्य रहेको छ ।
चार दिनमा मेलम्चीकाे पानी काठमाडौं आउने
बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौं आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि काठमाडौँ आउने भएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौंका लागि पानी पथान्तरण गरिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारी आन्दोलनको तयारीमा
सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक एवं कर्मचारीले आन्दोलनको कार्यक्रम तय गरेका छन् ।सरकारले प्रतिष्ठानका शिक्षक तथा कर्मचारीसँग गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।सरकारले प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरूको बढुवाका लागि अन्तरवार्ता गर्ने सहमति गरेको थियो । सहमति अनुसार नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
हिउँदे अधिवेशन माघको तेस्रो साता
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको बताएकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने गरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वारोध निर्वाचित भएका छन्। ।टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको हो । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए ।
आज पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ। सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुली जोड्ने
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुली जोड्ने भएको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।
इजरायलकाे हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिए
गाजामा इजरायली हवाई आक्रमणमा हमासका दर्जनौँ लडाकू मारिएको इजरायली रक्षा बलले जनाएको छ । दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ । मारिएकामध्ये अक्टोबर ७ मा गाजा क्षेत्रका समुदायहरूमा इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ । इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा दिपेन्द्र सिंह ऐरी नेपाल पुलिस क्लबका कप्तान
नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र दिलिप नाथ छन् । अर्जुन साउदले यसअघिको प्रधानमन्त्री कप भने आर्मीबाट खेलेका थिए ।यस्तै अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राण, राशिद खान, ललित भण्डारी र रोशन बुढा पनि पुलिसको टिममा छन् । पुलिसको टिमको प्रशिक्षकमा टिमका पूर्व कप्तान रहेका मञ्जित श्रेष्ठ रहनेछन् । एक दशक भन्दा लामो समय मञ्जितले पुलिसको कप्तानी गर्दा दर्जन बढी उपाधि जिताएका थिए।































प्रतिक्रिया