एसियन कप फुटबलमा कतारको शानदार सुरुआत

एसियन कप फुटबलमा कतारको शानदार सुरुआत

केन्द्रबिन्दु
0
Shares

एएफसी एसियन कप फुटबलमा आयोजक राष्ट्र कतारले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा लेबनानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै समूह ए मा कतारले स्पष्ट ३ अंक पनि लिएको छ । कतारलाई जिताउन अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरेका थिए ।

विश्वकपको फाइनल भएको लुसेल स्टेडियममा कतारले ४५ औं मिनेटमा अग्रता लिएको थियो । अलिको पासमा अफिफले गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा अलीले मोहमद वादको पासमा हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।

यसैगरी अतिरिक्त समयको छैटौं मिनेटमा अफिफले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक राष्ट्र कतार ३–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गर्न सफल भयो । प्रतियोगिताअन्तर्गत आज ३ खेल हुने छन् । जसमा समूह एमा रहेको चीन र ताजकिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ । यसैगरी समूह बीमा रहेका अस्ट्रेलिया र भारतले सवा ५ बजे खेल्ने छन् भने उज्वेकिस्तान र सिरियाले राति सवा ८ बजे खेल्ने छन् ।  

Skip This
Skip This
Logo