अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति चाहिन्छः अध्यक्ष ढकाल

अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति चाहिन्छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अबको बजेटमा घरेलु उत्पादन र सामग्रीहरुलाई बढावा दिने नीति आउनुपर्ने बताएका छन् । 

नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभामा अध्यक्ष ढकालले छरिएर रहेका साना लगानीलाई समेटेर सम्भावित आयोजनाहरुलाई अगाडि बढाएर घरेलु उत्पादनको सुरुवात गर्नुपर्ने बताए । उनले भने, ‘अबको बजेट प्रक्रियामा घरेलु उत्पादन र सामानहरुलाई बढावा दिने हिसाबको नीतिहरु आउनुपर्छ भनेर आग्रह गर्न चाहान्छु । छरिएर रहेको लगानीलाई उत्पादनमा, उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ ।’

व्यवसायीहरुलाई प्रोत्सहान र हौसला प्रदान गर्ने खालको नीतिहरु ल्याउने हो भने सरकारको लगानीबिना नै योजनाहरु सम्पन्न हुनसक्ने पनि उनको भनाई छ ।

उनले व्यवसायीहरुलाई पनि हरेक कुरालाई नकारात्मक रुपमा नलिन पनि आग्रह गरे । उनले भने, ‘व्यवसायीहरुलाई मेरो अर्को आग्रह के छ भने सबै कुरालाई नकारात्मक रुपमा लिनु हुदैँन् । अगाडि बढेका विषयलाई पनि सकरात्मक रुपमा लिएर अगाडि बढ्न सक्नुपर्छ । आउने दिनहरुमा योभन्दा नराम्रो अवस्था आउछ जस्तो लाग्दैन् । त्यसकारण हरेक व्यक्तिले सकारात्मक हुनुपर्छ ।’

Skip This
Skip This
Logo