चाइनिज इलेक्ट्रिक कार बीवाईडी बन्यो युरो २०२४ को अफिसियल पार्टनर

चाइनिज इलेक्ट्रिक कार बीवाईडी बन्यो युरो २०२४ को अफिसियल पार्टनर

केन्द्रबिन्दु
0
Shares

चाइनिज कम्पनी बीवाईडी सन् २०२४ मा हुने युईएफए युरोपियन फुटबल च्याम्पियनसिप २०२४ (युइएएफए युरो २०२४) को  अफिसियल पार्टनर र अफिसियल ई-मोबिलिटी पार्टनर बनेको छ।

युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएएफए) ले आयोजना गर्ने सो च्याम्पियनसिपको ७० वर्षको इतिहासमा पहिलो पटक न्यु इनर्जी भेइकल (एनईभी)सँग  यस प्रकारको प्रायोजन गर्ने भएको हो।

युईएफए युरो २०२४ आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० विश्व स्तरीय स्टेडियममा हुँदैछ। खेल अवधिमा विभिन्न अवसरमा आवश्यक हुने विभिन्न रेन्जका न्यु इनर्जी भेइकल बीवाईडीले उपलब्ध गराउनेछ।

त्यसैगरी छानिएका केही स्टेडियममा बीवाईडीले अत्याधुनिक इलेक्ट्रिक मोडल र प्रविधि समेत सोकेश गर्नेछ। त्यसैगरी अफिसियल फ्यान जोनमा लाइभ म्याच र अन्य फुटबल सेलिब्रेसनमा पनि बीवाईडीको उत्साहजनक उपस्थिति हुनेछ। युरोपका १९ देशमा रहेका २३०ं बीवाईडी स्टोरहरुमा पनि फुटबल फ्यान र कस्टमरका साथ विभिन्न इभेन्टको आयोजना गरिनेछ।

सन् २०२४ मा बीवाईडीले युरोपमा नयाँ तीन मोडल समेत थपेर आफ्नो रेन्ज बढाउने योजना बनाएको छ। बीवाईडी र युईएफए दुवैले हरित र दिगो युईएफए युरो २०२४ आयोजना गर्ने समान लक्ष्यका साथ यस प्रकारको सहकार्य गर्न लागेको बताएका छन्।

Skip This
Skip This
Logo