बरु राजनीति छाडिन्छ, संस्कार छोडिँदैनः विराजभक्त श्रेष्ठ

बरु राजनीति छाडिन्छ, संस्कार छोडिँदैनः विराजभक्त श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले नेपाली राजनीतिमा युवा अगाडि आउनुपर्छ भन्ने गरिए पनि खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताएका छन् । 

संसद्मा एक वर्ष बिताएको अवसरमा पार्टीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्नो वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्दै खबरदारी जारी रहने उद्घोष गरे । ‘नेपाली राजनीतिमा युवाहरुको आगमन हुनुपर्छ भन्ने त गरिन्छ तर नेपाली समाजमा खुट्टा तान्ने प्रवृत्तिले गर्दा युवालाई अगाडि जान दिने वातावरण नै छैन । आएको युवालाई अगाडि बढ्न नदिने, अनि विदेश पलायन भयो भनेर हुन्छ ? कस्तो संस्कार हो ?,’ उनले भने । 

संसदीय राजनीतिको पहिलो वर्षले धेरै थोक सिकाएको सांसद श्रेष्ठले बताए । ‘म यहीँबाट चुनौती दिन्छु, आगामी पुस्ता तपाईको सन्तानहरुले तपाईहरुले कस्तो व्यवहार गरेको छ भन्ने कुरा डिजिटल रुपमा रेकर्डमा बसिरहेको छ । आगामी पुस्ताले मेरो बुबाले यस्तो प्रतिक्रिया दिएको रहेछ भनेर गाली गर्न नपरोस्,’ उनले भने ।

आफूहरुको आवाजको सुनुवाइ नभएको भन्दै उनी केही आक्रोसित थिए । ‘म संस्कारसहित राजनीतिमा आएको हो, बरु राजनीति छाडिन्छ, संस्कार छोडिँदैन्,’ उनले भने, ‘आज लोकतन्त्र, प्रजातन्त्रको ब्याज खाएर बसिरहेकाहरुलाई म भन्न चाहन्छु – कुराले मात्रै लोकतन्त्र स्थापना हुँदैन, व्यवहार पनि चाहिन्छ, लोकतान्त्रिक पद्धतिमा जनताप्रति उत्तरदायी हुने पहिलो कुरा हो । विचार, वाद भनेको विस्तारै गर्ने हो ।’ 

रास्वपा सानो चित्त लिएर राजनीतिमा नआएको उनले बताए । ‘राम्रो मान्छे जुन दलमा भए पनि अगाडि बढ्नु पर्छ भन्ने हाम्रो धारणा छ,’ उनले भने ।  

Skip This
Skip This
Logo