महिला टी-२० का लागि बन्द प्रशिक्षणमा २४ खेलाडी

महिला टी-२० का लागि बन्द प्रशिक्षणमा २४ खेलाडी

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ।

क्यानले शनिबार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो। हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारममा क्यानले २४ खेलाडी छनौट गरेको छ।
 
क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, संगीता राई, अप्सरी बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोधा बिष्ट, खुशी डंगोल, रोमा थापा, सोमु बिष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन्।

एसीसी महिला प्रिमियर कप आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुँदैछ।
नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसि, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन्।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन्। त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन्।    

Skip This
Skip This
Logo