न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

न्यूक्यासलमाथि म्यानचेस्टर सिटीको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

ईङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा खेलको ९१औँ मिनेटमा ओस्कार बोबले निर्णायक गोल गरेका थिए। त्यसअघि सिटीका लागि बेर्नार्डो सिल्भा र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए। लामो समयको इन्जुरीपछि टिममा फर्किएका ब्रुनेले एक गोल असिस्ट समेत गरेका थिए।

त्यसैगरी न्यूक्यासलका लागि अलेक्जान्डर इसक र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए।  यो जितपछि म्यानचेस्टर सिटी २० खेलमा ४३ अंकसहित लिगमा दोस्रो स्थानमा उक्लिएको छ भने न्यूक्यासलको २१ खेलमा २९ अंक रहेको छ र लिगमा १०औँ स्थानमा छ।

Logo