आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

आज राष्ट्रिय भक्का दिवस, झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रिय भक्का दिवस, सुदूरपूर्वको झापाका भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रमहरू गरी विशेषरुपमा मनाइँदैछ। 

दिवसको सन्दर्भमा यहाँका तीन वटा स्थानीय तहले सार्वजनिक विदा समेत दिएका छन्। भक्का यहाँका आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार हो। उनीहरू यसलाई भाका भन्ने गर्दछन्। 

२०७४ मा कोचिला गाभुर फ्रन्ट नामक संस्थाले पुस २९ लाई राष्ट्रिय भक्का दिवसकोरुपमा मनाउने घोषणा गरेयता हरेक वर्ष झापामा यो दिवस मनाउने गरिएको छ। भद्रपुर नगरपालिका तथा हल्दीबारी र कचनकवल गाउँपालिकाले यो दिवसको सन्दर्भ पारेर स्थानीय विदा समेत दिएका छन्। 

दिवसमा भक्काका विभिन्न परिकार बनाउने र विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउने गरिएको छ। ठाउँ–ठाउँमा विभिन्न खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएका छन्। 

आइतबार राजवंशी समाज विकास समितिले बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भक्का दिवस विशेष कार्यक्रम गर्दैछ, सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समेत सहभागी हुँदैछन्। 

राजवंशीहरुको विशेष परिकार भएपनि जाडोयाम सुरु भएसँगै चोक–चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन छ। चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने चलन बसेको छ।

Logo