भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो ।
राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जस्मध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्थास्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।





























प्रतिक्रिया