सुपर कपको उपाधि रियल मड्रिडलाई

सुपर कपको उपाधि रियल मड्रिडलाई

केन्द्रबिन्दु
0
Shares

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो।

स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए। बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे।

रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङघमको पासमा गोल गर्दै अग्रता दिलाए। जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे। ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए।

तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो। ६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो। ७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए। 

त्यसपछि थप गोल नभएप्छि शानदार जितका साथ रियलले सुपर कपको उपाधि कव्जा गर्न सफल भयो। जितसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ। 

सुपरकपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थामा रियल मड्रिड रहेको छ। बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ। 

Skip This
Skip This
Logo