अफ्रिकन कपः सलाहले इजिप्टलाई हारबाट जोगाए, घाना स्तब्ध

अफ्रिकन कपः सलाहले इजिप्टलाई हारबाट जोगाए, घाना स्तब्ध

केन्द्रबिन्दु
0
Shares

अफ्रिकन कप अन्तर्गत इजिप्ट बराबरीमा रोकिएको छ। गएराती सम्पन्न समूह बी अन्तर्गतको खेलमा इजिप्ट मोजाम्बिकसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

खेलको ९७औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गर्दै इजिप्टलाई हारबाट जोगाएका थिए। त्यसअघि इजिप्टका लागि मोस्तफा मोहमदले पहिलो गोल गरेका थिए। त्यस्तै मोजाम्बिकका लागि विटी र क्लेसिओ बाउक्यूले एक एक गोल गरेका थिए।

त्यस्तै गएराती सम्पन्न समूह बी कै अर्को खेलमा कप भर्डेले घनालाई २-१ ले पराजित गरेको छ। खेलको ९७औं मिनेटमा केप भर्डेका लागि ग्यारी रोड्रीगेजले गोल गर्दै घानालाई स्तब्ध पारेका थिए। अफ्रिकन कप अन्तर्गत गएराती नै समूह ए को खेलमा नाइजेरिया र इक्वेटोरियल जिनी १-१ गोलको बराबरीमा रोकिएका थिए। 

Logo