नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख १९ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज ३ सय रूपैयाँले बढेर एक लाख १९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ। आइतबार १४ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया