अर्जेन्टिनी स्टार लियोनल मेसीले गएराती ‘फिफा द बेष्ट प्लेयर’ को अवार्ड जितेका छन् । योसँगै मेसीले समग्रमा आफ्नो करिअरमा तेस्रो पटक उक्त अवार्ड जितेका छन् ।
वर्ष २०२३ मा ‘फिफा द बेष्ट प्लेयर’ को अवार्ड अर्लिङ हाल्याण्ड र केलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डोले जित्ने धेरैले आंकलन गरेका थिए । तर उक्त आंकलनको विपरित मेसीले करिअरको तेस्रो ‘फिफा द बेष्ट प्लेयर’ को अवार्ड जितेका छन् । फिफाको उक्त निणर्यपछि अहिले सामाजिक सञ्जालहरुमा मेसीले वर्ष २०२३ मा के गरे ? कसरी उनी ‘बालोन डी’ओर र ‘फिफा द बेष्ट प्लेयर’ अवार्डका लागि हकदार थिए भन्ने प्रश्नहरु गरिरहेका छन् ।
फिफाको उक्त निणर्यपछि अहिले सामाजिक सञ्जालहरुमा मेसीले वर्ष २०२३ मा के गरे ? कसरी उनी ‘बालोन डी’ओर र ‘फिफा द बेष्ट प्लेयर’ अवार्डका लागि हकदार थिए भन्ने प्रश्नहरु गरिरहेका छन् ।
अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक, एक्स र इन्स्टालगायत एपहरुमा ‘ह्यासट्याग ह्वाट डिड मेसी इन–२०२३ ?’ भनेर सोधिएको प्रश्न ट्रेन्ड्रिङकै विषय बनेको छ । साच्चै के गरे त मेसीले वर्ष २०२३ मा ? कसरी उनी ‘बालोन डी’ओर र ‘फिफा द बेष्ट प्लेयर’ को अवार्डका लागि हकदार थिए त ? हेरौं,
एक रिपोर्ट-
सन् २०२३ को जुन महिनामा अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध हुनुअघि मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) बाट व्यावसायिक फुटबल खेल्थे । इन्टर मायामीमा आबद्ध हुनुअघि मेसीले पीएसजीका लागि नौ गोल गरेका थिए । उक्त वर्ष पीएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।
यसपटक अवार्ड जित्न सक्ने अपेक्षा नै नराखेका मेसी साेमबार राती फ्रान्सको पेरिसमा भएको अवार्ड समारोहमा सहभागी समेत भएनन् । उनी मात्रै हैन, मनोनयनमा परेका अर्लिंड हालान्ड र केलियन एमबापे पनि अवार्ड समारोहमा थिएनन् ।
यसैगरी इन्टर मियामीमा आबद्ध भएलगत्तै मेसीले क्लबलाई लिग्स कपको उपाधि जिताए । इन्टर मियामीलाई इतिहासमै पहिलो पटक लिग्स कपको उपाधि दिलाउने क्रममा मेसीले सात खेलमा १० गोल गरेका थिए । यी नै दुई उपाधि र २८ गोलको मदतमा मेसीले वर्ष २०२३ को बेस्ट खेलाडी बन्दै अवार्ड जिते ।
यसपटक अवार्ड जित्न सक्ने अपेक्षा नै नराखेका मेसी साेमबार राती फ्रान्सको पेरिसमा भएको अवार्ड समारोहमा सहभागी समेत भएनन् । उनी मात्रै हैन, मनोनयनमा परेका अर्लिंड हालान्ड र केलियन एमबापे पनि अवार्ड समारोहमा थिएनन् । अप्रत्यासित रूपमा अवार्ड जितेका मेसीका लागि वर्ष २०२३ एक सामान्य वर्ष मात्रै रह्यो । प्रतिस्पर्धी हालान्डको तुलनामा मेस्सी छेउछाउ समेत थिएनन् । तर, वर्षभरि ५२ गोल गरेका र ५ ठुला उपाधि जितेका हालान्डलाई चकित पार्दै फिफा ब्वाई मेसीले हालान्डकै आँखा अघिबाट उत्कृष्ट खेलाडीको अवार्ड जिते ।यस्तै, मेसीले यसअघि २०२३ को बालोन डी’ओर अवार्ड समेत जितेका थिए ।
विश्वभरका खेल पत्रकार र राष्ट्रिय टोलीका कप्तानहरुले मेसीलाई खेल प्रदर्शनबाट भन्दा पनि मेसीप्रतिको झुकाव र प्रेमका कारण हाल्याण्डलाई भन्दा मेसीलाई नै उत्कृष्ट खेलाडी देखे ।
अर्कोतिर, म्यानचेस्टर सिटी तथा नर्वेका स्टार स्ट्राइकर हालान्डले अघिल्लो सिजन क्लबका लागि इङ्लिस प्रिमियर लिगमा मात्र कीर्तिमानी ३६ गोल गरेका थिए । त्यो अवधिमा खेलिएको सबै प्रतियोगितालाई मिलाउँदा हालान्डले क्लबका लागि मात्रै कीर्तिमान ५२ गोल गरेका थिए । हालान्डले वर्ष २०२३ मा च्याम्पियन्स लिग, प्रिमियर लिग र फा कप गरी ट्रेबल ट्रफी जितेका थिए ।
यसैगरी हालान्डकै मद्दतमा म्यानचेष्टर सिटीले सुपर कप र क्लब वल्र्डकपको ट्रफी पनि जितेको थियो तर यो सबको बाबजुद पनि फिफाले हाल्याण्डलाई पाखा लगाउँदै मेसीलाई नै वर्ष २०२३ को उत्कृष्ट खेलाडी देख्यो । मेसी आफैँले पनि वर्ष २०२३ का लागि उत्कृष्ट खेलाडीको भोट हाल्याण्डलाई नै दिएका थिए ।
प्रतिस्पर्धी हालान्डको तुलनामा मेस्सी छेउछाउ समेत थिएनन् । तर, वर्षभरि ५२ गोल गरेका र ५ ठुला उपाधि जितेका हालान्डलाई चकित पार्दै फिफा ब्वाई मेसीले हालान्डकै आँखा अघिबाट उत्कृष्ट खेलाडीको अवार्ड जिते ।
प्रतिस्पर्धी हालान्डको तुलनामा मेस्सी छेउछाउ समेत थिएनन् । तर, वर्षभरि ५२ गोल गरेका र ५ ठुला उपाधि जितेका हालान्डलाई चकित पार्दै फिफा ब्वाई मेसीले हालान्डकै आँखा अघिबाट उत्कृष्ट खेलाडीको अवार्ड जिते । तर विश्वभरका खेल पत्रकार र राष्ट्रिय टोलीका कप्तानहरुले मेसीलाई खेल प्रदर्शनबाट भन्दा पनि मेसीप्रतिको झुकाव र प्रेमका कारण हाल्याण्डलाई भन्दा मेसीलाई नै उत्कृष्ट खेलाडी देखे । तर तथ्य र तथ्याङकको आधारमा मेसी वर्ष २०२३ को उत्कृष्ट खेलाडीका लागि कुनै पनि अर्थमा योग्य नै थिएनन् ।
तर तथ्य र तथ्याङकको आधारमा मेसी वर्ष २०२३ को उत्कृष्ट खेलाडीका लागि कुनै पनि अर्थमा योग्य नै थिएनन् ।
यसैगरी तेस्रो भएका फ्रान्सेली स्टार एमबापेले भने वर्ष २०२३ मा पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सो क्रममा एमबापेले क्लबका लागि १८ गोल गरेका थिए ।































प्रतिक्रिया