माइतीघर डुबानको कारण खोजी र समाधानको उपाय सुझाउन कार्यबाहक मेयर डंगोलको निर्देशन

माइतीघर डुबानको कारण खोजी र समाधानको उपाय सुझाउन कार्यबाहक मेयर डंगोलको निर्देशन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुबननको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् ।

डुबान हुने क्षेत्रको मंगलबार अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन् ।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए ।

अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । प्रारम्भिक अवस्थामा यही कारणले डुबान भएको देखिन्छ । तर, कारण यति मात्र होइन । अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुनसक्ने अनुमान गरिएको छ ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुबान मुक्त बनाइने बताइन् ।

Logo