जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत इजिप्ट र घाना बराबरीमा रोकिएका छन्। गएराती सम्पन्न खेलमा इजिप्ट र घाना २-२ गोलको बराबरीमा रोकिएका हुन्।
यस खेलमा इजिप्टका लागि ओमार मर्मोउश र मोस्ताफा मोहमदले एक-एक गोल गरेका थिए भने घानाका लागि मोहमद कुडुसले दुवै गोल गरेका थिए।
यो बराबरीपछि समूह बी मा इजिप्टको २ खेलमा २ अंक रहेको छ। इजिप्ट आफ्नो पहिलो खेलमा पनि बराबरीमा रोकिएको थियो। त्यस्तै घानाको भने २ खेलमा एक अंक भएको छ।
यो बराबरीले घानाको राउण्ड १६ मा पुग्ने यात्रा कठिन बनेको छ। अब समूह चरणको अन्तिम खेलमा मंगलबार घानाले मोजाम्बिकको सामना गर्नेछ भने इजिप्टले केप भर्डेको सामना गर्नेछ।





























प्रतिक्रिया