‘ओलीको कदम ज्ञानेन्द्रको भन्दा प्रतिगामी’ : जसपा

‘ओलीको कदम ज्ञानेन्द्रको भन्दा प्रतिगामी’ : जसपा

केन्द्रबिन्दु
0
Shares

धरान ।

जनता समाजवादी पार्टीले संसद विघटन विरुद्ध धरानमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद विघटन गरेपछि धरानमा समाजवादीले बृहत विरोध प्रदर्शन गरेको हो ।

सुनसरीका विभिन्न स्थानीय तहबाट आएका जसपा कार्यकर्ताहरुले धरानमा प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारावाजी गरेका थिए । धरानको छाताचोकबाट हजारौंको संख्यामा निस्किएको जुलुस ‘केपी तिम्रो पाराले दुःख पाए साराले’, ‘असंवैधानिक सांसद विघटन मुर्दाबाद’, ‘सरकारी सम्पत्तीको दुरुपयोग बन्द गर’ जस्ता नारा लगाउँदै भानुचोकमा आएर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री ओलीले सांसद विघटन गरी पूर्व राजा ज्ञानेन्द्रको भन्दा प्रतिगामी काम गरेको आरोप लगाए । उनले ओलीले विदेशी शक्तिको इसारामा सांसद विघटन गरेको भन्दै सर्वोच्च अदालतको आदेशले संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरे ।

नेता राईले ज्ञानेन्द्रको जस्तै ओलीको पनि पतन हुने भएकाले अबको पहिलो शक्ति जसपा हुने ठोकुवा गरे । सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय कार्यकारीणी सदस्य रकम चेम्जोङले जनताले प्राप्त गरेको गणतन्त्र र संघीयतालाई ओलीले सखाप पार्न खोजेको आरोप लगाए ।

उनले ओलीले संसद विघटन गरी जनमतमाथि खेलबाड गरेको बताए । ओलीले संसद विघटन गरि ज्ञानेन्द्रकै जस्तो चुनाव गराउन खोजेको उनको भनाइ थियो । जनता कांग्रेस र कम्युनिस्टहरुको व्ययभारबाट दिक्क भनेको पनि चेम्जोङले बताए ।अन्नपूर्णबाट

Logo