काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले नेपालको एक इन्च भूमि पनि छोड्न नसकिने बताएका छन् । केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै सांसद खतिवडाले एक इन्च पनि भूमि छोड्न नसकिने बताएका हुन् ।
त्यस्तै आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिका प्राथमिकता फेरिने भएको छ । कोरोनाका कारण विश्वका विभिन्न मुलुकसँगै नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेपछि राष्ट्र बैंकले मौद्रिक नीति फेर्न लागेको हो । यसपालिको मौद्रिक नीति वैदेशिक रोजगारबाट फर्केका कामदार र साना तथा मझौला उद्योग व्यवसायलाई उत्थान गर्ने किसिमले आउन सक्ने जनाइएको छ ।
सरकार विरुद्ध अप्रत्याशित प्रदर्शन शुरु भएको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको र १० अर्ब खर्च पारदर्शी हुन नसकेको भन्दै विरोध गरिएको हो ।
त्यस्तैगरी कोरोना भाइरसको प्रभावपछि ३ महिना स्थगित स्पेनिस ला लिगामा सेभियाले वियजी सुरुआत गरेको छ । बिहिबार राति भएको खेलमा सेभियाले रियल बेटिसलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
सरकारले एसईई परीक्षाको नतिजा आगामी एक महिनाभित्र प्रकाशन गर्ने भएको छ । लकडाउनका कारण प्रभावित बनेको एसईईको नतिजा आन्तरिक मूल्याङ्कन गरी प्रकाशित गरिने भएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया