कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

कोरोनाबाट ब्राजिलमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ब्रासिलिया ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोना भाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजारर २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार कोरोना भाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।रासस–एएनआई

Logo