काठमाडौं ।
शतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले शुक्रबार बसन्तपुरमा प्रदर्शन गरेका छन् । शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको खर्च १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।
बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै यूवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।
शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सरकारले आफूहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो । गृह मन्त्रालयले बिहीबार लकडाउनको उल्लंघन गरी प्रदर्शन गर्नेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।





























प्रतिक्रिया