बिहानै थपिए गण्डकी प्रदेशमा ३७ नयाँ संक्रमित, प्रदेशमा कूल संख्या १८८

बिहानै थपिए गण्डकी प्रदेशमा ३७ नयाँ संक्रमित, प्रदेशमा कूल संख्या १८८

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका चार जिल्लामा नयाँ संक्रमित देखिएका हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज बिहान एक विज्ञप्ती जारी गरि पर्वत जिल्लामा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमित थपिएको पुष्टि भएको छ।

अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको पनि विज्ञप्तीमा जनाइएको छ । विहिबार स्वास्थ्य मन्त्रालयले देशभर संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको जानकारी दिएको थियो । त्यस यताको अपडेट आउन बाँकी छ । मृत्यु हुनेको संख्या १५ र निको हुनेको संख्या ८६१ रहेको छ ।

Logo