चौरजहारी घटनाको निष्पक्ष छानबिन हुन्छ, प्रधानमन्त्री ओली

चौरजहारी घटनाको निष्पक्ष छानबिन हुन्छ, प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम रुकुमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त घटनाको निष्पक्ष छानबिन गर्ने बताएका हुन् ।चौरजहारीमा गत जेठ १० मा मल्ल थरकी प्रेमीका लिन गएका जाजरकोटका नवराज विकसहित ५ जनाको हत्या गरिएको थियो ।

प्रधानमन्त्री ओलीले चौरजहारी घटनालाई गम्भीरताका साथ लिएको भन्दै निष्पक्ष छानबिन हुने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयका सहसचिव स्तरको पाँच सदस्यीय छानबिन समिति गठन गरिएको भन्दै प्रधानमन्त्री ओलीले छिट्टै सत्यता बाहिर आउने बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले घटनाको छानबिन गर्न संसदीय समिति समेत गठन गरिएको भन्दै समितिको छानबिनले पनि सरकारलाई मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् । घटनाको पृष्ठभूमिमा जातीय छुवाछुत, सामाजिक विकृति देखिनु दुःखद भएको उनको भनाइ छ ।

Logo