बाटोका नाममा भारतीय पक्षले बाँध बनाउनु अन्तर्राष्ट्रिय कानुन विपरित–प्रधानमन्त्री ओली

बाटोका नाममा भारतीय पक्षले बाँध बनाउनु अन्तर्राष्ट्रिय कानुन विपरित–प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षले बाटोको नाममा बाँध बनाएको भन्दै त्यस्ता कार्य असल छिमेकीले गर्न नसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सीमा क्षेत्रमा बाँध बनाउनु अन्तराष्ट्रिय कानुन विपरित भएकाले त्यसबारे नेपाल सरकारले भारतलाई सजग गराईरहेको उनको भनाइ छ ।

‘कतिपय ठाउँमा भारतले बाटोको नामका बाँध बनाएको छ । यी कुरातर्फ हाम्रो ध्यान गएको छ र त्यसको विरोधमा भारतलाई सजग गराईरहेका छाैँ’–प्रधानमन्त्री ओेलीले भने–‘छिमेकीको खेत डुबानमा पार्ने गरी बाटो, संरचना केही पनि निर्माण गर्न मिल्दैन । अन्तराष्ट्रिय कानुनले पनि दिँदैन । असल छिमेकीको हिसाबले पनि गर्नु हुँदैन । त्यसकारण भारतले यस्तो गर्न छोड्नुपर्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले भारत सरकारले पछिल्ला सबै गल्ति सच्याउनुपर्ने बताएका छन् ।

Logo