‘लकडाउन कायम गर्ने हो भने ११ वटा युरोपेली मुलुकमा धेरैको ज्यान बचाउन सकिने’ : अध्ययन

‘लकडाउन कायम गर्ने हो भने ११ वटा युरोपेली मुलुकमा धेरैको ज्यान बचाउन सकिने’ : अध्ययन

केन्द्रबिन्दु
0
Shares

इटाली ।
युरोपका विभिन्न ११ वटा देशमा कोभिड १९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाउन सक्ने एक अध्ययनले देखाएको छ । ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्क लगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए ।

त्यसले धेरै नागरिकको ज्यान बचाएको भन्दै लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो । यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ ।

युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ ।रासस/एएफपी

Logo